शिवासताक्षी नगरपालिकाका पधादिकारीहरु

...

मेगाहाङ्ग थोप्रा (रोशन)

अध्यक्ष
...

नरमाया कार्की

उपाध्यक्ष
...

सुनिता तुम्बाहाङ्फे

प्रमुख प्रशासकीय अधिकृत
...

बद्रि कुमार दाहाल

सहकारी साखा प्रमुख

हाम्रो बारेमा

नेपाल सरकारले मिति २०७३/११/२७ गतेको राजपत्रमा सूचना प्रकाशित गरि साविकको शिवसताक्षी नगरपालिका, पाँचगाछी गा.वि.स  तथा धरमपुर गा.वि.स सम्मिलित गरी यस शिवसताक्षी नगरपालिका गठन गरेको हो । जम्मा ११ वटा वडामा विभाजन गरिएको यस नगरपालिकाको कुल क्षेत्रफल १४५.४८  वर्ग कि.मी. रहेको छ । २०७५ को घरधुरी सर्वेक्षण अनुसार यस नगरपालिकाको जनसंख्या ७४,३६६ रहेको छ । साविक धरमपुर गा.वि.स. हाल वडा नं. १, २ र ३  साविक पाँचगाछि गा.वि.स हाल वडा नं. ४ र ५ को रूपमा रहेको छ भने वडा नं. ६ र ७ ले साविक शिवगंज गा.वि.स तथा वडा नं. ८, ९, १० र ११ ले साविक सतासीधाम गा.वि.स.लाई समेटेको छ। यस नगरपालिकाको पूर्वमा कन्काइ नगरपालिका, उत्तरमा इलाम जिल्ला, पश्चिममा कमल गाउँपालिका र दक्षिणमा झापा गाउँपालिका र गौरीगंज गाउँपालिका रहेका छन् ।

सताक्षीधाम धार्मिक क्षेत्र, दोमुखा पर्यटकिय क्षेत्र, चिल्लागढ ऐतिहासिक साँस्कृतिक क्षेत्र लगायत विभिन्न मठ मन्दिर, गुम्बा तथा खोलानाला, नहर, कुलो, पोखरी, सिमसार क्षेत्र तथा हरिया वनहरूले यस नगरपालिकालाई शान्त, आकर्षक र रमणिय बनाएका छन् ।अन्य नगरपालिकाहरूको तुलनामा विकासका पूर्वाधारहरू कम भएता पनि अत्याधिक सम्भावना बोकेको क्षेत्रको रूपमा यस नगरलाई लिईन्छ । नगरपालिकाको केन्द्र वडा नं. ७ स्थित ब्याङ्गडाँडामा रहेको छ । नगरपालिकाको प्रमुखमा वडा नं. ९  निवासी श्री मेगाहाङ्ग थोप्रा (रोशन) तथा उप-प्रमुखमा वडा नं. ७ निवासी श्री नरमाया कार्की निर्वाचित हुनुभएको छ । जनप्रतिनिधिहरू निर्वाचित भै आएपश्चात नगर कार्यपालिकाले नगर कार्यपालिका कार्यविभाजन नियमावली, कार्यसम्पादन नियमावली लगायतका विभिन्न  नियमावली र कार्यविधिहरू स्वीकृत गरी त्यसैका आधारमा नगर कार्यपालिकाका दैनिक प्रशासनिक तथा विकासात्मक कार्यहरू संचालित छन् ।

सहकारी विवरण तथा कर्जा व्यवस्थापन सूचना प्रणाली(कर्जा सुचना केन्द्र) बारेमा

शिवसताक्षी नगरपालिका अन्तर्गत सञ्चालित विभिन्न सहकारी संस्थाहरू स्थानीय आर्थिक विकास, रोजगारी सिर्जना, र सामाजिक उत्थानमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। सहकारीमार्फत वित्तीय सेवामा पहुँच नपाएका घरधुरीहरूले बचत, कर्जा तथा अन्य आर्थिक अवसरहरू पाउन थालेका छन्। यिनै संस्थाहरूको प्रभावकारी नियमन, पारदर्शिता, र सुसंगत व्यवस्थापनका लागि डिजिटल प्रणाली आवश्यक भएकोले सहकारी विवरण तथा कर्जा व्यवस्थापन सूचना प्रणाली (कर्जा सूचना केन्द्र) सफ्टवेयरको कार्यान्वयन अपरिहार्य देखिएको छ। यस प्रणालीबाट सहकारीहरूको कर्जा गतिविधि, सदस्य विवरण, दोहोरो कर्जा समस्या लगायतका विषयमा एकीकृत र द्रुत पहुँच सुनिश्चित भई स्थानीय सरकारलाई पनि प्रभावकारी अनुगमन र नियमन गर्न सहज हुने अपेक्षा गरिएको छ।

     १. आर्थिक सशक्तिकरणको आधार – सहकारी संस्था स्थानीय स्तरमा बचत, ऋण तथा लगानीको माध्यम बनेर समुदायलाई आत्मनिर्भर र आर्थिक रूपमा सशक्त बनाउँछ।

     २. रोजगारी सिर्जना र उद्यम प्रवर्द्धन – सहकारी संस्थाले लघु तथा मझौला व्यवसायलाई कर्जा प्रदान गरेर स्वरोजगार र व्यवसाय विकासमा योगदान पुर्‍याउँछ।

     ३. पारदर्शी तथा डिजिटल अभिलेख व्यवस्थापन – "कर्जा सूचना केन्द्र" सफ्टवेयरमार्फत सहकारीहरूको ऋण तथा सदस्य विवरणलाई एकीकृत र डिजिटल रूपमै सुरक्षित राख्न सकिनेछ।

     ४. कर्जा दुरुपयोग र दोहोरो ऋणको रोकथाम – सदस्यले विभिन्न सहकारीबाट दोहोरो कर्जा लिने, फिर्ता नगर्ने आदि समस्यालाई सफ्टवेयरबाट नियन्त्रण गर्न सकिनेछ।

     ५. द्रुत रिपोर्टिङ र निर्णय सहायता – सहकारीको वित्तीय स्थिति, ऋण फिर्ता अवस्था, ब्याज दर आदि कुराको छिटो रिपोर्ट निकाल्न सकिने हुँदा नीति निर्माणमा सहायता पुग्नेछ।

     ६. स्थानीय सरकारको निगरानी क्षमता वृद्धि – नगरपालिकाले सबै सहकारीहरूको ऋण, क्रेडिट र सदस्य स्थिति एकै ठाउँमा हेरी समग्र सहकारी क्षेत्रको नियमन र व्यवस्थापन गर्न सक्नेछ।

     ७. आर्थिक समावेशिता र पहुँच – डिजिटल प्रणालीले सबै वर्ग, जाति र लिङ्गका व्यक्तिहरूलाई सहकारी सेवामा सहज पहुँच पुर्‍याउने वातावरण बनाउँछ।

     ८. दिगो विकास र वित्तीय अनुशासन – सहकारी सफ्टवेयर प्रणालीको प्रयोगले सहकारीहरूमा वित्तीय अनुशासन कायम गरी दीर्घकालीन र दिगो विकासमा सहयोग पुर्‍याउँछ।

सम्पर्क गर्नुहोस

हाम्रो ठेगाना

शिवसताक्षी नगरपालिका ४, झापा

ईमेल

ito.shivasatakshimuni@gmail.com

सम्पर्क गर्नुहोस

9849845385
9890354389